एभरेष्टको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकले यसअघिको लिलाम बढाबढमा एक सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लिलामीमा राखेको सर्वसाधारण समूहको ३५ हजार ८४१ कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम हो ।

बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

बैंकको यसअघिको लिलामीमा १३०० रुपैयाँ सम्म कबुल्ने लगानीकर्ताहरु समेत थिए । केही लगानीकर्ताले भने सय रुपैयाँमै हात पारेका थिए ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्