संविधान जलाउन खोज्ने ५ जना पक्राउ

काठमाडौं , असोज ३ । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्