सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टमा छुट पाउने
काठमाडौं, असोज ३ । सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ । ग्राहकहरूलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न उक्त व्यवस्था गरेको बैंकले बताएको छ ।
उक्त व्यवस्था अन्तर्गत बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने भएका छन् ।
बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन गरी २० वटा विभिन्न मर्चेन्टहरूसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको हो ।
बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्