आईएमई र हिमाल डेन्टलबीच सम्झौता, ‘आईएमई पे’मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

काठमाडौं, असोज २ ।  आईएमई पे र चाबहिलमा रहेकाे हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ ।

दशैँ–तिहारको अवसर पारि सार्वजनिक गरिएको यस स्किममा आईएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल अस्पतालमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् ।

तत्काल १ वर्षको लागि मात्रै सम्झाैता गरिएकाे आईएमई पे जनाएकाे छ । यस सम्झौतामार्फत प्रयोगकर्ताहरुले आईएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरेर आईएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेकजाँचकाे सुविधा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्