मुक्तिनाथ विकास बैंकले ल्यायो “मुक्तिनाथ आशिर्वाद बचत खाता”

काठमाडौं, असोज २ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाखसम्मको बीमा सुविधा दिने“मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खाता Gold Category मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्तगर्न सक्नेछन ।

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता Platinum Category मा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८०लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

बीमा सुविधाअन्तर्गत आवधिकबीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमाहुनेछ ।

प्रतिक्रिया दिनुहोस्