काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौँ, भदौ ३१ । काठमाडौँ महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रुपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्