‘विप्लव’को बन्दले कोशीका ५ जिल्लाको जनजीवन प्रभावित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कोशीका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण बिहानैदेखि धनकुटा सहित सुनसरी, मोरङ, तेह्रथुम र संखुवासभा जिल्लाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । बन्दका कारण धनकुटाबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्