माछापुच्छ्रे बैंकको Mobile Banking APP/ website website मार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं। २९ भदौ । माछापुच्छ्रे बैंकको बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ Smart डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे र्बैंकले Mobile Banking APP/ website बाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंककोMobile Banking APP/ website मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर च्भत्रगभकत च्झष्त मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ ।

जस अन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्नेछन् ।
बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।

यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् । बैंकलेMobile Banking App लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्