अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता

काठमाडौँ, भदौ २३ । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोडइन्सुरेन्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन प्रसाद ज्ञवाली र अजोडइन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरित सम्झौता आदान प्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्सुरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए ।

अजोड इन्सुरेन्सका प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ–बीमा सक्षम र आशा जनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्घसँग खुसी र आशावादी छौ ।

सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।

इ–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक– स्टप समाधानहुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राखेको छ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय रहेको छ ।

इ–बीमाको सेवा गैर–जीवनबीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबै भन्दा उदारीकृत खरिद विकल्पहरू प्रदानगर्न सक्रिय रूपमा संलग्न छ ।

इ–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ ।

अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेशेवरहरू द्वारा स्थापित र समर्थित इन्सुरेन्स हो ।

प्रतिक्रिया दिनुहोस्