चैत्र १८ देखि पोखरा फाइनान्सको सेयर लिलामी खुल्ला हुदै , २५ गते सम्ममा आवेदन गर्न सकिने
काठमाडौं । पोखरा फाइनान्सको सेयर लिलामी चैत्र १८ देखि खुल्ला हुने भएको छ । पोखरा फाइनान्सले हकप्रदमा अबितरित एक लाख ८० हजार ७०१ कित्ता सेयर चैत्र १८ गते देखि लिलामीमा राख्ने भएको छ । फाइनासले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा अवितरित सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएकाे हाे ।
लिलामीका लागि चैत २५ गते सम्ममा बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनास न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।
फाइनासको हाल ७५ करोड ४१ लाख ५६ हजार रूपैंया चुक्ता पुँजी छ । हकप्रदले समेत पाउन गरी ८.२६ प्रतिशत अर्थात ६ करोड २२ लाख ९९ हजार ९०७ रूपैंयाको बोनस घोषणा गरेको फाईनान्सको बोनस र हकप्रद पछि ८१ करोड ६४ लाख रूपैंया चुक्ता पूँजी कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्