तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, भदौ २२ । सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन ९४ हजार, तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदी पनि तोलामा १५ रुपैयाँ सस्तो भएको छ। आज चाँदी १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्