कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २० भदौ । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।
सभामा कम्पनिको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भएको छ ।
सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४०,००,००,०००÷– को ५ प्रतिशतले हुन आउने रु. २,००,००,०००÷– (अक्षरेपि रु. दुई करोड मात्र) नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित समेत गरेको छ ।
सभाका अध्यक्ष बिकास खनालले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले शेयरधनि कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्