समृद्धि फाइनान्सको इटहरी शाखा कार्यालय उद्घाटन
काठमाडौं , भदौ २० । नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजत पत्र प्राप्त गरि छिटो, सरल र सहजतरिकाले विभिन्न बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । आज एक औपचारीक कार्यक्रम गरी शाखा कार्यालयको उद्घाटन गरेको हो ।
शाखा कार्यालयको औपचारीक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, एटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेल सहित लब्ध प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्रिय कारोबार सम्बन्धि जानकारी गराउनु भएको थियो । त्यस्तै चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उदेघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताउनुभयो ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्