‘दराज दसैँ धमाका’ महोत्सवको लागि नबिल बैंक र दराजबीच सम्झौता
काठमाडौं, भदौ २० । नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सझौतापत्रमा नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका छन् ।
नबिलले नजिकिँदैं गरेको नेपालीहरुको महान पर्व दसैँलाई लक्षित गरी आउँदो भदौ २९ गतेदेखि दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।
दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न नबिल बैंकले जानकारी दिएको छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्