खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, भदौ २० ।  खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।

गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी अस्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो।

बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट तथा खप्तड लघुवित्तको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्