आर्जन बचत तथा ऋण सहकारी संस्था लि . को १३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, भदौ १८ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।
शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।
चुक्तापूँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९मा रु १ करोड ४लाख ३८हजार ५सय ७ खुदनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८मा यस्तो नाफा ८३ लाख ५६हजार ६सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो ।
कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गरे । साथै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढि व्याज नलिन पनि सुझाएका छन् ।
उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।
त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जित कुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखा समितिका संयोजक नवराज भुसाल लगायतले बोलेको थिए ।
संस्थाले आफ्ना शेयर सदस्यका छाराछोरीहरुलाई ०७९ सालको एसइइमा सर्वोकृष्ट नतिजा ल्याउने ९ जनालाई मायाँको चिनो र नगद दिई सम्मान गरिएको थियो भने संस्थामा उत्कृष्ठ कारोबार गर्ने दुइ जना शेयरधनीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै संस्थामा ५ बर्षभन्दा बढि लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्