हिमालयन बैंकले पायो ‘एक्सलेन्स इन पिओएस एक्वारिङ बिजिनेस २०२२’ अवार्ड

काठमाडौं, भदौ १९ ।  विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी मास्टर कार्ड, युनियन पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सलेन्स इन पिओएस एक्वारिङ बिजिनेस २०२२ अवार्ड प्राप्त गरेको छ ।

भिसाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाज्यूले बैंकलाई सो अवार्ड प्रदान गर्नु भएको थियो । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पिओएस तथा इ(कमर्श गेटवे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई कार्ड एक्वारिङ बिजिनेस गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डिनर्सरडिस्कभर ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि पिओएस तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको ।

प्रतिक्रिया दिनुहोस्