कुमारी बैंकलाई एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्ड

काठमाडौं, भदौ १७ ।  कुमारी बैंकले एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्ड पाएको छ ।

भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्डले सम्मानित गरिएको छ ।

यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्