कोरोनाबाट एकैदिन तीनजनाको मृत्यु , आज कति थपिए संक्रमित ?

काठमाडौं , भदौ १७ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । सोही अवधीमा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई हजार ८६९ वटा नमुना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ८९१ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९, भक्तपुरमा ३ र ललितपुरमा ८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ९२६ पुगेको छ ।

उपत्यकामा आज दुई हजार २३५ जना होम आइसोलेसनमा र १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचाररतमध्ये ४१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्