कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं, भदौ १७ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्ने बोर्ड बैठक बोलाइएको छ। राष्ट्रिय परीक्षा बार्डको बैठक आज साँझ साढे ४ बजे बस्ने बोलाइएको हो।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ। त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्