आज विश्व क्षयरोग विरुद्धको दिवस :नेपालमा २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर

काठमाडौं। आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

नेपालमा वार्षिक करीब ४५ हजार क्षयरोगका बिरामीहरु थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । अहिले करीब ३२ हजारको राष्ट्रिय क्षयरोग केन्द्रमा नाम दर्ता भएको छ । लगभग १३ हजार बिरामी उपचारको मूलप्रवाहमा आएका छैनन् । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुने गरेको छ ।

सन् २०१६ सम्म ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लैजाने सरकारको लक्ष्य छ । सरकारले क्षयरोग को उपचार निशुल्क गरेको छ भने सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि फोक्सोकै क्षयरोग हुने गरेको छ ।

२८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर
नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको जानकारी दिँदै डा. केसीले ५५ जिल्लाका ९९ क्लस्टरका करीब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्