प्रभु बैंक र न्यू ऐरा रेस्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं, भदौ १६ ।  प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा हस्ताक्षर गरे।

प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले न्यू ऐरा रेस्टुरेन्टद्धारा सञ्चालित “फुड” ,“वेभरेज” र ब्याङ्केट सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत न्यू ऐरा रेस्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्यू ऐरा रेस्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्