महोत्तरी रौजा बजारका ८ पसलमा आगलागी, साढे ४ लाखको क्षती

काठमाडौं । महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएका छन्।

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका ८ टहराका शृङ्गार पसलमा आगलागी हुँदा ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

आगलागीलाई नेपाली सेना, प्रहरी तथा स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्