मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन

काठमाडौं , भदौ १५ ।   मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ ।

कम्पनीले मंगलबार मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैक लि, मुक्तिनाथ नर्सरी बैक लि, मुक्तिनाथ लाईभस्टक बैङ्क लि, मुक्तिनाथ हर्बल बैङ्क लि, मुक्तिनाथ फूड बैङ्क लि, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि र मुक्तिनाथ ट्रेडिङ लि गरेर ८ वटा सहायक पब्लिक कम्पनी उद्घाटन गरेको हो ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाको उपलब्ध गराउनेछ ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा
सेवाहरु प्रवाह गरेको छ ।

जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो  वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८०% र सर्वसाधारणबाट २०% लगानी  रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध
गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्