नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको १२० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बिक्री खुलेको छ । बैंकले १२० प्रतिशत अर्थात १० बराबर १२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार पाँच् सय ३८ कित्ता हकप्रद निष्काशन गरेको हो ।
बैंकको असोज १७ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् । हकप्रद कात्तिक २९ गतेसम्म आवेदन गर्न सकिन्छ ।

हकप्रद एनआइबीएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिने छ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ रहेको र हकप्रद पश्चात चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार सात सय ८० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्