धौलागिरी लघुवित्तको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं, भदौ ९ ।  धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ८८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीको आईपीओ साउन ८ गते बाँडफाँट भएको हो । १९ लाख ५२ हजार ४६० जना आवेदकहरूमध्येबाट गोलाप्रथाद्वारा ३० हजार ९२९ जनाले १०/१० कित्ताका दरले शेयर पाएका हुन् । तीमध्ये ५ जनाले थप १ /१ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्