सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा तीनजनाको मृत्यु, ९ घाइते

काठमाडौं। काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२, तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाकोमात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये ९ जना घाइतेको काठमाडौंस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्