बैंक अफ काठमाण्डूले घोषणा गर्यो बोनस, कति दिने भयो त ?
काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको ६२ औँ संचालक समितिको बैठकले १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ । १३.२५ प्रतिशत बोनस दिएर पन राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन ९३ करोड अपुग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्