आज सुनको मुल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ८ । नेपाली नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

यस्तै , आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९५ हजार प्रतितोला र तेजाबी सुनको मूल्य ९४ हजार ५०० प्रतितोला थियो ।

यसैगरी, आज चाँदीको मूल्य उकालो लागेको छ । महासंघका अनुसार ५ रुपैयाँ प्रति तोलाले बढ्दै चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य १ हजार १६० रुपैयाँ कायम थियो ।

 

प्रतिक्रिया दिनुहोस्