निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो झन्डै १६ अर्ब

काठमाडौं, भदौ ८ । मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ ।

देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्