मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर”, अब बैंक खाता खोल्दा रु १ लाख सम्मको बीमा
काठमाडौं, भदौ ८ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा“मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।
यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्र्यांक्लिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि ) पाउनेछन् ।
यो योजनाले नारीहरुको सम्मान गर्दै नारीहरुलाई निकै फायदा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्