भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि माइती नेपाललाई जिम्मा लगाएको छ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए ।

भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा प्रहरीले उनीहरूलाई रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्