गरिमा विकास बैंक र फोकस वानबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

काठमाडौं, भदौ ७ ।  विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनससँग सम्झौता गरेको छ ।

जसअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, इन्टरनेट/बिद्तुत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्