कोरोना अपडेट: थप ६३४ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ, भदौ ७ ।  पछिल्लो समय  नेपाल मा कोरोना संक्रमण बढ्दै गएको छ । यसैबीच  देशभर पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४९४९ जनामा परीक्षण गर्दा ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २१९२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९९४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्