एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

काठमाडौं, भदौ ७ ।  एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाहरूको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको भन्दै बैंकद्वारा सञ्चालन गरेको उक्त कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने बैंकको अपेक्षा छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसङ्घका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्