नबिल बैंकले ल्यायो राखेको पैसाको दोब्बरदेखि १० गुणासम्म पाइने ‘ढुक्क मुद्दती खाता’

काठमाडौं, भदौ ७ ।  नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ।

‘नबिल ढुक्क मुद्दती खाता’अन्तर्गत ग्राहकहरुले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपाल प्राप्त रकममा खोल्न सकिनेछ। नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

त्यसैगरी विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

यस खाताअन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्