एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं, भदौ ५ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावारण संरक्षण, संस्कृति प्रवर्दन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धि कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।
यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बीच मुसिकोट सेरीगाउँ रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि ४ लाख ७९ हजार ९१० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीका तर्फबाट डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका छन् । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाई यस बैंकका हालसम्मका करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्