आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

काठमाडौं, भदौ ५ ।  आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ।सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ।

प्रयोगकर्ताहरूलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ।

यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ।

दराज नेपाल र आईएमई पेबीच आईएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्