निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड

काठमाडौं , भदौ ५ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । यसका लागि आयोगले अहिले तयारी तिब्र पारेको छ ।
यतिमात्रै होइन निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ ।

आयोगले १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र समेत पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्