धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट मंगलबार

काठमाडौं , भदौ ५ । धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार मंगलबार बाँडफाँट गर्ने तयारी गरिएको हो । आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा ७०. २२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ ।

यसमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्