स्वावलम्बन लघुवित्तद्वारा आगलागी पिडितलाई राहत वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लौकही, सुनसरीले सुनसरी जिल्ला स्थित सुनसरी बराह नगरपालिका वार्ड नं. ११, मधुवनमा गत चैत्र ३ गते राति भएको आगलागीका पिडित ग्राहक सदस्यलाई राहत वितरण गरेको छ ।

आगलागीबाट करिव ५० घरपरिवारका घर जलेर पूर्ण रुपमा नस्ट भएका थिए । आगलागी पिडित सबै ५० घरपरिवारलाई वित्तीय संस्थाले राहत स्वरुप नगद रु.५९ हजार २ सय ५० हजार बराबरको खाद्यवस्तु तथा शाखा कार्यालयमा आवद्ध ग्राहक सदस्यका पिडित परिवारलाई जीवन तथा आवास सुरक्षा योजना अन्तर्गत बैंकको नियमानुसार नगद रु.५ हजारका दरले वितरण गरेको छ ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष, बुद्धिजिवी, पत्रकार र प्रहरी कार्यालयका पदाधिकारी सहभागिता रहेको थियो । सहभागिहरुले आगलागी पिडितलाई राहत वितरण गर्नु वित्तीय संस्थाको सह्राहनीय कार्य भएको बताएका थिए । राहत वितरण कार्यक्रममा शाखा कार्यालय लौकही, तथा इलाका कार्यालय, इटहरीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्