अब दैनिक १५ लाखसम्म रेमिट्यान्स ल्याउन सकिने

काठमाडौ., साउन ३१ ।  नेपाल राष्ट्र बैंकले दैनिक १५ लाखसम्म रेमिट्यान्स (विप्रेषण) भित्र्याउन सकिने व्यवस्था गरेको छ।

एकीकृत परिपत्र २०७८ संशोधन गर्दै राष्ट्र बैंकले अनुमतिप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने गरी उक्त सुविधा दिएको हो।

यसरी विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाअनुसार ग्राहक पहिचानका कागजात भने लिएको हुनुपर्नेछ।

त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्