मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

काठमाडौं, साउन २९ । अब हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा मुक्तिनाथ विकास ग्राहकहरुलाई विशेष छुट मिल्ने भएको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्