मंसिर ४ गते हुने चुनावका लागि १० अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं, साउन २९ । आगामी मंसिर ४ गतेका लागि हुने निर्वाचनका लागि १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । आयोगले आज सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा यस्तो अनुमान सार्वजनिक गरेको हो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हाल अनुमानित १० अर्ब खर्च हुने आकलन आयोगले गरेको बताए ।
चुनावका बेला बजारमा पैसाको आपूर्ति बढ्नेछ ।

बजारमा मनि सप्लाई भएपछि त्यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरुको भनाई रहेको छ ।

सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्