एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज

काठमाण्डौ, साउन २७ । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन ९आईएफसी० बाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईबीच समझदारी आदानप्रदान भएको हो । यस कर्जाले अहिलेको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र त्यस क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्