नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन सम्पन्न

काठमाडौं, साउन २७ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन लुम्बिनीमा सम्पन्न गरेको छ । यो वर्ष सम्मेलनको नारा ‘रिचिङ द पिनाकल २०७९/८०’ भन्ने थियो ।

सम्मेलनमा आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो ।सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बिमा व्यवसाय थप प्रतिस्पर्धात्मक र जटिल हुँदै गएको बताएका थिए ।

अहिलेको स्थितिमा आफ्नो दक्षता र मिहिनेतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आफूमाथि आएकाले आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्रस्थानमा पुर्‍याउन सबैले अधिकतम प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्