समृद्धि फाइनान्सद्धारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम

काठमाडौं, साउन २५ । समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले आज नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

जस अन्तरगत २०० जना विद्यार्थीहरुलाई ९०० थान कापी र २०० थान पेन वितरण गरेको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत  सुरज कुमार सर्राफले बताए ।  साथै  फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको  छ ।

यसैगरि  फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्