सानिमा बैंकले विदेशबाट ल्यायो साढे २ अर्ब ऋण !

काठमाडौँ , साउन २५ । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपयाँ) विदेशी ऋण ल्याएको छ ।

तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै आईएफसीसँग सम्झौता गरेर उक्त विदेशी मुद्रामा उल्लिखित रकम बराबर ऋण लिइएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।

उक्त रकमबाट लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गरिने उनको दाबी छ । बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुधबार उक्त जानकारी दिएको हो ।

हाल सानिमा बैंकले मुलुकभर १२७ शाखा कार्यालय र १२० एटीएम काउण्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्