श्रृजनशील लघुवित्तलाई बोर्डले दियो आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं, साउन २४ । नेपाल धितोपत्र बोर्डले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले लघुवित्तलाई साउन १८ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तले सर्वसाधारणको लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्