नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, साउन २४ ।  नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।

टेलिकमको गत चैत २४ गते सम्पन्न वार्षिक साधारण सभाबााट पारित २०% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस सेयरपछि टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ ।

सूचीकृत भएको सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।वितरित बोनस सेयरसहित धितोपत्र बजारमा कम्पनीको सूचीकृत सेयर कुल १८ करोड कित्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्